समाज

विजयनगरमा ३ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारिता तालिम शुरु

नन्द किशोर कुर्मी (लालु)
२०८१ जेष्ठ ६ | मध्यान्ह ०८:०२ बजे

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा तिन दिने रेडियो उद्घोषण आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । सामुदायिक रेडियो विजयनगरको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमामा तिन दिने पत्रकारिता तालिम सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बाहादुर थापाले तालिमले नयाँ कुरा सिक्न र सिकाउने विश्वास व्यक्त गर्नुभयो । साथै सिकाइ, कहिल्यै पनि पूरा हुन नसक्ने बताउनुभयो । जीवन एउटा सिकाइ भएको र पत्रकारिता जीवनको सिक्ने अवसर भएको पनि जानकारी दिनुभयो । आफू अब्बल दर्जाको बन्नका लागि तालिमले महत्तो पूर्ण भुमिका खेल्ने विश्वास व्यक्त उहाँको रहेको छ ।

photo 2024 05 19 15 34 51

तालिमले आफु मात्र नभएर आरुलाई पनि सिकाउने अवसर मिल्ने साथै असल नागरिक स्थापित गर्न, नागरिक विध्वानहरु सवै सिकाइबाटै भएको उहाँले दावी गर्नुभयो । साथै पत्रकारका हक अधिकार, समस्या समाधान, पत्रकारिताको व्यवस्था र मर्यादितको लागि जिम्मेवारी पदमा नरहेपनि आवाज उठाउने उहाँको प्रतिवद्धता रहेको छ त्यसतै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले पत्रकारीता पेसामा लाग्नुपूर्व सवैले पत्रकारीताका बारेमा जानकारी लिन आवश्यक रहेको बताए ।

उनले पत्रकारले चलाउने कलम समाजमा हुने राम्रा कामहरुको प्रशंसा र नराम्रा कामहरुमा सवैद खवरदारी आवश्यक रहेको भन्दै त्यसले समाजलाई सही ढंगले अघि बढ्न मद्धत पुग्ने बताए । कार्यक्रममा बोल्दै रेडियो विजयनगरका स्टेशन म्यानेजर राम प्रकट कोरीले स्थानीय सरकारलाई जनताको पक्षमा काम गर्नका लागि अघि बढाउने गरी संचारको क्षेत्रबाट निरन्तर रुपमा खवरदारी आवश्यक रहेको बताएका थिए । साथै उनले पत्रकारले चलायको कलमले समाजमा सकारात्मक प्रभाव पार्नेगरी कलम चलाउनुपर्ने बाताए ।

सामुदायिक रेडियो विजयनगरका कोषाध्यक्ष गोकर्ण सापकोटाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा रेडियोका कार्यसमिति सदस्य थर्क बाहादुर खन्गाहा लगाएतको उपस्थिती रेहेको थियो भने कार्यक्रममा सहजीकरण रेडियोका सचिव दिपक भन्डारीले गरेका थिए । ३ दिनसम्म चल्ने तालिममा पत्रकारितामा पछाडि पारिएकाहरुको आवाजलाई कसरी उठाउने भन्ने बारेमा प्रशिक्षण दिईनेछ

कमेन्टहरु