Opens in a new tab

देश

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित

नवलपुर टुडे
२०८१ जेष्ठ १ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
 
आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।

कमेन्टहरु