Opens in a new tab

प्रबास

पश्चिमी अस्ट्रेलियामा गोली चलेपछि ५ जना पक्राउ

एजेन्सी
२०८३ अशोज १४ | मध्यान्ह १२:०६ बजे

अस्ट्रेलिया । पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ बजेर ५० मिनेटमा जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपत्कालीन टोली घटनास्थल पुगेको जनाएको छ । जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ ।

घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो । उनलाई गम्भीर तर ज्यानलाई खतरा नरहेको चोटसहित उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षाका लागि सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सुरु गरेको थियो । प्रहरीका अनुसार विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

बुधबार बिहान करिब १०ः ३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

कमेन्टहरु