पश्चिमी अस्ट्रेलियामा गोली चलेपछि ५ जना पक्राउ

एजेन्सी

सारांश
अस्ट्रेलिया । पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ बजेर ५० मिनेटमा जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपत्कालीन टोली घटनास्थल पुगेको जनाएको छ । जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ ।
घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षाका लागि सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सुरु गरेको थियो । प्रहरीका अनुसार विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
बुधबार बिहान करिब १०ः ३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ५ जना घाइते विद्यार्थीको उद्धार

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

‘लमजुङ दरबार’सँगै बाँचेको माया

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु

म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कांग्रेसको १५औँ महाधिवेशन : बिहान ७ बजेबाट मतदान सुरु हुँदै















