समाज

नेपालको पहिलो केमिकल ई राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा

नवलपुर टुडे
२०८१ बैशाख ९ | मध्यान्ह ०७:०१ बजे

काठमाडौ, साँखु । नेपालभाषा सेवी, समाजसेवी, बैज्ञानिक तथा नेपालको पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा आयोजना भएको छ ।

बैशाख ८ गते शनिबार साँखुको भगवती मा।वि। भौध्वाखा, याल्माज्वः मा भएको श्रद्धाञ्जली सभामा नेपालभाषा सेवी तथा नेपालको पहिलो केमिकल इन्जिनियर भई उहाँले दिनु भएको योगदानका कदर स्वरुप एक मिनेट मौनधारण बसेर उपस्थित महानुभावहरुले माल्र्यापर्न तथा पुष्प गुच्छा चढाई आत्माको चिर शान्तिको कामना गरेको थियो ।

महाकवि गिरिजाप्रसाद जोशी लुमन्ती प्रतिष्ठान र तरेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको श्रद्वाञ्जली सभामा तरेली साहित्य प्रतिस्थानका रमेश भट्टराई, बरिष्ठ पत्रकार नरेशबीर शाक्य, नेवाः देय् दबूया संस्थापक अध्यक्ष संरक्षक नरेश ताम्रकार, नेपालभाषा एकेडेमीया भ्वाइस चान्लर मल्ल के. सुन्दर,  कुन्ज जोशी,  साहित्यकार तेज बहादुर योन्जनले बहु आयामिक व्यक्तित्वका धनी दिवंगत राजदास श्रेष्ठको बारेमा आ(आफ्नो  धारणा राखेका थिए ।

साहित्यकार रामेश श्रेष्ठ तथा कबिन्द्रलाल प्रधानले रच्नु भएको कविता वाचन तथा लोककवि राजभाई जःकमिले नेपालभाषामा रचिएको राजदासया लुमन्ती चिनाख (कविता) वाचनका साथै कार्यक्रमका सभापति रामेश्वर श्रेष्ठ शैलेन्द्र सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रम महाकवि गिरिजा लुमन्ती प्रतिस्थानका संस्थापक अध्यक्ष यज्जु जोशी र कान्छा प्रसाद तिवारीले कार्यक्रम सञ्चालन गरेको थियो ।

कमेन्टहरु