मधेश प्रदेश

मधेस प्रदेशमा माओवादीले फेर्‍यो मन्त्री

नवलपुर टुडे
२०८१ बैशाख ६ | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । माआवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो । 

मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग मन्त्रालय पहिलादेखि नै माओवादीले सम्हाल्दै आएको छ । अर्थ मन्त्रालयमा पनि माओवादीले दाबी गरेको छ । माओवादी प्रदेशसभा संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा आफूहरुको दाबी रहेको बताए ।

मन्त्रालयमा टुंगो नलागेसम्म विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने उनले बताए । यस्तै नेकपा एकीकृत समाजवादीले बेची लुगेलीलाई मन्त्री बनाउने भएको छ ।  एकीकृत समाजवादीका सांसद रत्नेश्वर गोइतका अनुसार बेची लुगेलीलाई मन्त्री बनाउन औपचारिक निर्णय भने भएको छैन ।

एकीकृत समाजवादीलाई श्रम मन्त्रालय दिने तयारी भएको छ ।  

कमेन्टहरु