Opens in a new tab

देश

२०८० को वैशाखदेखि चैतसम्ममा सात लाख ११ हजार ३५१ जना रोजगारीका लागी विदेशिए

पत्रपत्रिकाबाट
२०८१ बैशाख ३ | बिहान ०८:०१ बजे

काठमाडौं, वैशाख ३ । पछिल्लो वर्षमा श्रम स्वीकृति लिएर सात लाखभन्दा बढी नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो। जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो।

वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए। यो तथ्यांक हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ। विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन्।

२०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स ९यूएई० भएको छ। विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा यूएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन्।

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बनेको छ। यो अवधिमा दोस्रो श्रम गन्तव्य कतार भएको छ।

कमेन्टहरु