सुस्ताबाट उद्धार गरिएको पोथी गैँडालाई सौराहाको जनकौली क्षेत्रमा छाडियो

रासस

सारांश
चितवन, असोज १४। सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।
गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो । त्यस गैँडालाई ट्रकमा राखेर ल्याइएको हो । उद्धार गरी ल्याइएको सो गैँडा अन्दाजी पाँच वर्षको छ ।
आधिकारिक रूपमा हालसम्म एउटामात्र गैँडा नदीले बगाएको सूचना आए तापनि अन्य गैँडासहितका वन्यजन्तु पनि बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीले पनि केही गैँडा बगाएर भारतीय भूमिमा पुर्याएको थियो । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















