समाज

रौतहटमा एकैदिन ४ जना युवतीले गरे आत्महत्या

अशोक यादव
२०८० चैत्र ३० | बिहान ०६:१२ बजे

अनमोल जीवनलाई कद्र गर्न जनचेतना जगाउनु पर्छ……

रौतहट । रौतहटमा एकै दिन फरक फरक स्थानमा ४ युवतीले फासो लगाइ आत्म हत्या गरेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेको हो ।

यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको करिब १६ वर्षिय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएका छन्।

कमेन्टहरु