राजनीति

प्रदिप यादवकाे प्रश्न : हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन ?

रंजित चौरसिया
२०८० चैत्र २२ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं, २२ चैत । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुनुकाे कारण माग गरेका छन् ।

सार्वजनिक लेखा समितिकाे विहीबार बसेकाे बैठकमा बाेल्दै सांसद यादवले साेधे, हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन, वास्तविक कारण के हाे ? समस्या समाधानका लागि लेखा समितिमा कारण आउनुपर्याे ।´
बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले ९७५ किलाेमिटर निर्माण भइसकेकाे तथ्यांक प्रस्तुत गरेकाे थियाे । यसमा यादवले साेधे, ९७५ किलाेमिटर निर्माण भएकाे भनियाे, याे सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसकाे मापदण्ड के हाे ? नेताकाे दबाब, मन्त्रीकाे दबाब, आसेपासेकाे दबाबमा कहाँ कहाँ निकालियाे बताउनुस् ।´

सांसद यादवले मधेश प्रदेशमा हुलाकी राजमार्गमा कति पुल बन्न बाँकी छ भनेर साेधे । पर्सामा राष्ट्रिय निकुञ्जमा के समस्या छ, हुलाकी राजमार्ग विस्तारमा´ उनले साेधे । मधेशकाे लाइफलाइन हुलाकी राजमार्ग यथाशीघ्र बनाउनुपर्ने उनकाे भनाइ थियाे ।

हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेकाे उनले जिकिर गरे । समग्रमा याे सरकारकाे दाेष हाे, सुस्त हुनुमा´ उनले भने, `मधेशबाट मन्त्री नियुक्त भयाे भने अग्रसरता लिने, पहाडकाे बन्याे भने नलिने छ । अहिले महासेठ मन्त्री हुनुहुन्छ, पक्कै अग्रसरता लिनेछ । कहाँ कहाँ समस्या छ, स्पष्ट आओस् ।´

कमेन्टहरु