आरजुले नयाँ दिल्लीमा गराइन् थाइराइडको शल्यक्रिया

नवलपुर टुडे
२०८० चैत्र १५ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका सांसद डा. आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।
नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार थाइराइडको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका हुन् ।
आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
























