घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कर्णाली नदीमा बाजुरा एक जना मृत फेला

उमेश रोकाया
२०८० फाल्गुन २९ | मध्यान्ह ०३:११ बजे

बाजुरा । जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा सोमबार दिउँसो एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत फेला पर्नेमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामी रहेका छन् ।
सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका बेला धामीलाई नदी नजिकै मृत फेला पारेको हो । मृतक धामीको पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको प्रहरीले जनाएको छ ।


















