अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २६ हजार पुग्यो

जगत ठाडा मगर
२०८० फाल्गुन २७ | बिहान ११:११ बजे

काठमाडौँ, फागुन २७ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य आइतबार तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने अघिल्लो हप्ताको तुलनामा तोलामा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

कमेन्टहरु