अर्थ

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

नवलपुर टुडे
२०८० माघ २६ | मध्यान्ह १२:१० बजे

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । 

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महत्त्वपूर्ण हुने धारणा राखेका थिए । 

सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए ।

“अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ,” सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन् ।

कमेन्टहरु