देश

औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मन्चद्वारा १५ परिवारलाई राहत बितरण

नवलपुर टुडे
२०७८ जेष्ठ २५ | मध्यान्ह ०८:०२ बजे

सुबिन विश्वकर्मा (धरान)
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका २मा रहेको औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मन्च चतराले राहत बितरण गरेको छ ।

198829893 603739947270006 3222299042426722119 n 1 1

पछिल्लो केहिसमय यता कोरोनाभाइरसले सिर्जित विषम परिस्थितिमा स्थानीय क्षेत्रमै धेरै परिवारको घरमा चुल्हो बल्न नसकिरहेको अवस्थालाई मध्यनजर गरि सस्थाको पहलमा राहत वितरण गरिएको अध्यक्ष उदय ठटालले बताए । उनकाअनुसार यो पहिलो चरणको राहत हो भने प्राथमिकताका आधारमा दोस्रो, तेस्रो चरणमा वितरण गरिनेछ ।

197452079 2875831419398424 7340194240476170581 n 2

पहिलोचरण अन्तर्गत मंगलबार बराहक्षेत्रका अति बिपन्न १५ परिवारलाई चामल, दाल, तेल, नुन राहतस्वरुप बितरण गरिएको छ । प्रत्येक परिवारलाई चामल १०केजी, दाल १केजी, तेल १पोका, नुन १पोका, सोयाबिन २केजि, चिउरा १केजि र माक्स प्रदान गरिएको अध्यक्ष ठटालले जनाए ।

199334365 867205660497175 6808391447666126694 n 2

यस् कार्यको लागि विभिन्न स्थानहरुबाट दाताहरुले सहयोग गरेका हुन् भने संस्थाले समन्वय गरेको हो । नगद तथा जिन्सी सामान दिई सहयोग गर्नेहरुमा सुनिल अग्रवाल, भावना तामाङ, राजन बस्नेत, सम्भु बानिया, रमेश लोहनी, दिपक ठटाल, देब किरण राई, भबिम राउत, महेन्द्र कुमार राई, अन्जु धामी रहेका छन् ।

198252043 153334646790670 2221292747624117823 n 2

कमेन्टहरु