अपराध

चोरी गरेका दुईवटा मोटरसाइकलसहित ५ जना पक्राउ

जगत ठाडा मगर
२०८० पुस १८ | मध्यान्ह ०५:०९ बजे

नवलपरासी, पुस १८ । पश्चिम नवलपरासी प्रहरीले चोरी गरेका दुईवटा मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित छाया
खाजा घर अगाडी पार्किङ गरी राखिएको बा १९ प ८४९१ नम्बरको निलो रङको स्प्लेन्डर मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजतलासका लागि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट परिचालन गरिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका भिम बहादुर थापाको २४ वर्षीय छोरा मदन थापा, बिर बहादुर सुनारको १८ वर्षीय छोरा प्रविन सुनार, मुक्ति बहादुर क्षेत्रीको १९ वर्षीय छोरा रोहन क्षेत्री, बल बहादुर कुमालको २१ वर्षीय छोरा शुसिल कुमाल र सोही वडाको सूर्यटोल बस्ने चन्द्र बहादुर सुनारको २२ वर्षीय छोरा सोनु सुनार छन् ।

मंगलबार बर्दघाट नगरपालिका वडा नं.१० मा नम्बर प्लेट हटाई चलाएको बा १९ प ८४९१ नम्बरको निलो रङको स्प्लेन्डर मोटरसाइकल रोकी सोधपुछ गर्दा चोरी भएको मोटरसाइकल खुल्नमा आएकोले चालक मदन थापालाई तत्काल नियन्त्रणमा लिई थप सोधपुछ गर्दा सोहि घटनामा संलग्न प्रविन सुनारलाई कागजपत्र नभएको बा २४ प १७५८ नम्बरको एभेन्जर मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथै अनुसन्धानको क्रममा सो घटनामा संलग्न अन्य ३ तीन जनालाई पक्राउ गरिएका पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

कमेन्टहरु