दाङमा बसको ठक्करबाट एक बालकको मृत्यु

जगत ठाडा मगर
२०८० पुस १६ | मध्यान्ह ०५:०९ बजे

बुटवल, पुस १६ । दाङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका – १८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
बालकको मृत्युपछि आक्रोशित स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका छन् । प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । मृतक बालकको पहिचान खुलिसकेको छैन ।
घटना लगत्तै चालक बस चालक फरार भएको प्रहरीले जनाएको छ । विद्यालयबाट घर जान पैदल हिँडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो । अहिले स्थानीयले तुलसीपुर–घोराही सडकखण्ड बन्द गराएका छन् ।






















