आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

नवलपुर टुडे
२०८० पुस ४ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।


















