एकैदिन प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य

नवलपुर टुडे
२०८० मंसिर २८ | बिहान ११:०८ बजे

काठमाडौँ, मंसिर २८ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २८ सयले मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुन प्रतितोला १ लाख १६ हजार र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको पनि बढेको महासंघले जनाएको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर १४ सय ५५ रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो ।























