त्रिदेशीय शृङ्खलामा आज नेपाल र हङकङ भिड्दै

जगत ठाडा मगर
२०८० कार्तिक २ | बिहान ०७:०७ बजे

काठमाडौं, असोज २। त्रिदेशीय शृङ्खलामा नेपालले हङकङसँग खेल्दैछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा हङकङको यो पहिलो खेल हो। यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो।
टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्। मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।























