मौसम

नेपालबाट १२४ दिनपछि बाहिरियो मनसुन

नवलपुर टुडे
२०८० अशोज २९ | बिहान ०७:०६ बजे

काठमाडौं, असोज २९ । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन बाहिरिएको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।

 यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु