नवलपरासीमा महिला संघको संगठन विस्तार भेला


नवलपरासी, असोज १३ । नेपाल महिला संघ जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा संगठन विस्तार अभियान अन्तर्गत महिला अगुवा कार्यकर्ताहरुको बृहत भेला बर्दघाट—७ जिमिरेभारमा सम्पन्न भएको छ ।
नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् कांग्रेस नेत्रृ कमला तिवारी (पराजुली)को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी महिला संघकी केन्द्रिय सदस्य तिवारीले कांग्रेसको संगठन विस्तारमा महिला संघको महत्पुर्ण भुमीका रहेको हुँदा त्यस प्रति पार्टी नेतृत्वको दृष्टिकोण पुग्न नसकेको विचार राखेकी थिइन् ।
सोही अवसरमा कार्यक्रमकी सभाअध्यक्ष महिला संघ नवलपरासीकी संयोजक भण्डारीले महिला संघको संगठन विस्तार आजको आवश्यकता रहेकाले यसका लागी सवैको सहकार्य आवश्यक रहेको जिकिर गरे ।
सो अभियान अन्तर्गत भेलामा महिला संगको आगामी योजना, रणनिति र भावी जिल्ला अधिवेशनको तयारीबारे व्यापक छलफल गरिएको थियो । सो भेलाबाट नेपाल महिला संघ संघीय निर्वाचन क्षेत्र न. १ बाट जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधीहरुको नामावली सर्वसम्मत रुपमा चयन गरिएको छ ।
जस अनुसार लोमा वाग्ले, यशोदा पाण्डे, चन्द्र कुमार गुरुङ्ग, कमला भण्डारी, प्रेम कुमारी चौधरी, रीता फैजदार, गिरीजादेवी हरिजन, मनसरी दलार्मी, उमा कुमारी चौधरी, गोमा खत्री, पार्वती आचार्य चयन भएका छन् ।






















