कैलाश पर्वत र मानसरोवर जाँदै प्रधानमन्त्री प्रचण्ड

रासस
२०८० अशोज ११ | बिहान ०६:०६ बजे

ल्हासा, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् ।
चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।
कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त थिए ।
प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।






















