राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरको दर्शन


जनकपुरधाम, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेका छन् । सोमबार बिहान जनकपुरधाम आएका राष्ट्रपति पौडेल मन्दिरमा दर्शन गरेर मन्दिर क्षेत्रको अवलोकन गरेका हुन् ।
रास्ट्रपति पौडेललाई मन्दिरका महन्त रामतपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिएका थिए । पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।
मन्दिरको दर्शनमा उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमालेकी नेता जुलीकुमारी महतो, प्रदेश सरकारका मन्त्रीहरू सहभागी थिए ।
पूजा गरेर राष्ट्रपति पौडेल प्रदेश प्रमुख निवास गएका छन् । उनलाई दिउँसो १ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । नागरिकता विधेयक प्रमाणीकरण गरेकाले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो ।






















