२० वर्षीय युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

नवलपुर टुडे
२०८० अशोज ४ | बिहान ०८:०६ बजे

धनगढी, असोज ४ । डडेल्धुरामा २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु रहेका छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न रहेका एक १८ वर्षीय किशोर भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य भइरहेको छ ।
युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार भएको उजुरी परेको थियो । उनीहरुले गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवतीलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।






















