Opens in a new tab

समाचार

जुवातासको अड्डा बन्दै ठाकुर बाबा मठ

असिम कामु
२०८० भदौ १९ | मध्यान्ह १०:०५ बजे

दिपेश कुमार शाह
रौतहट, भाद्र १९ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ६ स्थित कर्कच गाउँमा रहेको ठाकुर बाबाको मठ यतिबेला जुवातास खेल्ने अड्डा बन्न लागेको छ । आज भोलि त्यहाँ दिनहुँ रूपमा करिब १२ वर्षदेखि २० वर्ष मुनिका युवाहरु जम्मा भइ तास खेल्ने तथा लागू औषध गाँजा सेवन गर्ने जस्ता क्रियाकलाप हुँदै आएको देखिन्छ ।

गाउँको इतिहास बोकेको ठाकुर बाबाको मठको आफ्नै छुट्टै सांस्कृतिक पहिचान रहेको छ । करिब आज भन्दा १५-२० वर्ष पहिला सो मठमा सानो वर्गको जातहरु, जुता चप्पल, गर्भवती महिला तथा रक्सी सेवन गरेकाहरुलाइ मठ भित्र प्रवेश गर्न बन्देज रहेको थियो । साथै सो मठ आफ्नै जग्गा जमिनमा उब्जाएको बाली लगायतको सामाग्रीबाट विकास हुँदै आएको करिब ७८ वर्षीय राजिन्द्र साह तेलिले बताएका छन् । उनको अनुसार आज भोलि मठले आफ्नो अस्तित्व गुमाउँदै गएको छ । साथै मठको सुरक्षा गर्ने तथा विकास गर्नका लागि बनाइएको मठ विकास समितीका सदस्यहरु आफै मिलोमतोमा मठको सम्पत्ति हिनामिना गरेको उनको आरोप रहेको छ ।

आज भोलि मठ भित्र जुवा सात खेल्नुका साथ साथै दिशा पिसाब समेत गर्ने गरेको स्थानीयहरुले बताएका छन् । सो समस्या हेरेर मठ तिर हेर्न पनि मन नलाग्ने स्थानीय जितन महतोले बताए । यो भन्दा पहिलाको वडा अध्यक्ष अनिलकुमार झाले आफ्नो कार्यकालमा मठलाई अलि व्यवस्थित बनाएर राखेको तर अहिलेको वडा अध्यक्ष विष्मुकुमार दासले उनको तुलनामा २० प्रतिशत पनि मठ तिर ध्यान नदिएको उनले गुनासो गरे ।

उनले वडा अध्यक्ष दास नाम मात्रको अध्यक्ष रहेको समेत बताएका छन् । उनकै कार्यकालमा नै गाउँमा आत्महत्या, बलात्कार, जुवा तास, गाँजा सेवन तथा धेरै किसिमको विकृतीहरु वृद्धि भएको उनले बताए ।

कमेन्टहरु