Opens in a new tab

समाचार

नारायणीमा बेपत्ता भएका भरतपुरका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारको अपिल

नवलपुर टुडे
२०८० भदौ १२ | मध्यान्ह ०५:०५ बजे

चितवन, भदौं १२ । चितवनको भरतपुर–२९ गाईघाट स्थित नारायणी नदी किनारमा पिकनिक खाना जाँदा नदीमा बेपत्ता भएका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

भरतपुर–१० हिमाली पथका ३३ वर्षीय प्रजिन श्रेष्ठ र उनका साथी भरतपुर–१० सप्तगण्डकी चोकका ३४ वर्षीय अर्जुन प्रधानलाई खोजी गरिदिन उनीहरुको बुबा, दाई र दिदीले सार्वजनिक अपिल गरेका हुन् ।

परिवारले जारी गरेको सूचनामा भदौं ९ गते शनिबार भरतपुर–२९ स्थित भोर्ले खोला नजिक गाईघाट क्षेत्रबाट दिनको ४ बजेको समयमा नारायणी नदीमा चिप्लेर खसेका साथी अर्जुनलाई जोगाउन जाँदा प्रजिनसमेत नदीमा बगेको हुनाले खोजी कार्य गरिरहेकोमा अहिलेसम्म फेला नपरेकोले उनीहरुलाई नदी किनारमा वा कहीँ कतै देखेमा वा भेटेमा परिवारलाई सम्पर्क गर्न अपिल गरिएको छ ।

Bepatta

कमेन्टहरु