बागमती प्रदेशमा डेंगुको उच्च जोखिम, साउनको १५ दिनमा ६०० जनामा संक्रमण


हेटौँडा । बागमती प्रदेशमा लामखुट्टेको टोकाईबाट हुने डेंगुको जोखिम बढेको छ । साउन १ बाट १५ गतेसम्म बागमतीको १३ मध्य ८ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको हो । बागमतीमा सबैभन्दा धेरै संक्रमण धादिङ जिल्लामा रहेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार साउन सुरुभएसपछि धादिङमा ४३८, काठमाडौँमा १२२, भक्तपुरमा आठ, ललितपुर र मकवानपुरमा नौ नौ, नुवाकोटमा पाँच, चितवनमा आठ र सिन्धुपाल्चोकमा एक जनालाई डेङ्गु सङक्रमण भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालका अनुसार यो दर तिब्र गतिमा बढने जोखिम देखिएको छ । गत वर्ष पनि बागमती प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङक्रमण भएको थियो । बागमती प्रदेशमा जनसंख्या अधिक रहेको, सहरी क्षेत्रहरुपनि धेरै रहेको कारण संक्रमणको दर उच्च हुने जोखिम रहेको मन्त्रालयको भनाई रहेको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग सङक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको उनले बताए ।
यो पटक महामारिको उपचारको लागि प्रदेशको १३ जिल्लामानै थप बेडको ब्यवस्थापन सहितको कार्यहरु गरिएको मन्त्रालयको भनाई छ ।























