Opens in a new tab

समाचार

बलात्कार आरोप लागेका क्याम्पस प्रमुखले दिए राजीनामा

नवलपुर टुडे
२०७९ असार २७ | बिहान ११:०३ बजे

धनगढी । बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन्। ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन्।

उनीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन्। पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन्। चौधरी समुदायकी ती महिलाले पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले राति २ बजे जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।

कमेन्टहरु