Opens in a new tab

यातायात

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

नवलपुर टुडे
२०८३ अशोज १७ | मध्यान्ह १२:०६ बजे

लमजुङ । बाढी पहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।

बाढी पहिरोका कारण बेँसीसहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो । सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ ।

कमेन्टहरु