Opens in a new tab

प्रबास

रग्बी समर्थकको भीडमा कार गुडाउँदा अस्ट्रेलियामा कैयौँ घाइते

एजेन्सी
२०८३ अशोज १७ | बिहान १०:०६ बजे

अस्ट्रेलियाको न्यु क्यासलमा रग्बी टोलीका समर्थकहरूको भीडमा कार पस्दा कैयौँ मानिस घाइते भएका छन् । घटनापछि प्रहरीले कार चालकलाई पक्राउ गरेको छ ।

न्यु साउथ वेल्सको न्यु क्यासलमा शनिबार बिहान घटना भएको हो । सडकमा ठुलो संख्यामा समर्थकहरू ल्भधअबकतभि प्लष्नजतक टोलीको बसको प्रतीक्षामा रहेका बेला एउटा कार भीडमा पसेको थियो ।

घटनामा कति जना घाइते भए भन्ने यकिन विवरण तत्काल सार्वजनिक भएको छैन । न्यु साउथ वेल्स एम्बुलेन्स सेवाका अधिकारीहरूले घटनास्थलमा कैयौँ मानिसलाई उपचार तथा प्राथमिक स्वास्थ्य सेवा दिइएको बताएका छन् ।

न्यु क्यासल नाइट्सले आइतबार रग्बी लिगको फाइनल खेल्दैछ । त्यसअघि टोलीको हौसला बढाउन समर्थकहरू सडकमा जम्मा भएका थिए । त्यही क्रममा कार भीडतर्फ पसेको हो ।

अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी)का अनुसार घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गरिरहेको छ ।

कार कसरी भीडमा पुग्यो र चालकको उद्देश्य के थियो भन्नेबारे प्रहरीले तत्काल कुनै निष्कर्ष सार्वजनिक गरेको छैन । घाइतेहरूको अवस्था र घटनाको विस्तृत विवरण पनि अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताइएको छ ।

घटनापछि आपत्कालीन उद्धार तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

कमेन्टहरु