देश

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

नवलपुर टुडे
२०७९ असार २७ | बिहान ०७:०३ बजे

जनकपुर, असार २७ । मधेश प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेश गरेको आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो।

यही असार १ गते मधेश प्रदेशका अर्थमन्त्री साहले आव २०७९र०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए। बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

कमेन्टहरु