राजनीति

पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताद्वारा विप्लव नेतृत्वको नेकपा परित्याग

नवलपुर टुडे
२०७९ असार ९ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार ९ । पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्यूरो सदस्य तथा महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियारले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् । उनीहरूले हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकिकृत र ध्रुवीकृत गर्न व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नु पर्ने वस्तुगत आवश्यकता महसुस भएकाले त्यसको प्रयासस्वरुप पार्टीबाट अलग्गिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

टुट, फुट र विभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि उनीहरूले अपिल गरेका छन् ।

photo 2022 06 23 12 29 44

 

 

 

 

कमेन्टहरु