काठमाडौँ–४ मा इन्जिनियर आकर्षण पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा

नवलपुर टुडे
२०७९ असार ७ | बिहान ११:०३ बजे

काठमाडौँ, ७ असार । आगामी संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट युवा इन्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सो क्रममा उनले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए । उनले आफूसँग विकासका पाँच एजेण्डा रहेको भन्दै सोही कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण पनि लिएका छन् ।
काठमाडौं क्षेत्र नम्वर- ४ नेपाली काँग्रेसका महामन्त्री गगन थापाको क्षेत्र हो । यस क्षेत्रमा अघिल्लो संघीय निर्वाचनमा थापासँग एमाले नेता राजन भट्टराई पराजित भएका थिए ।






















