राजनीति

संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

नवलपुर टुडे
२०७९ असार ५ | बिहान १०:०३ बजे

काठमाडौं, असार ५ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले बैठकमा उपस्थित हुन नभ्याउने भनी आज बिहान ८ बजे जानकारी गराएको समिति सभापति पवित्रादेवी निरौलाले बताइन् । प्रधानमन्त्रीले समितिको अपमान गरेको महसुस आफूले गरेको उनको भनाइ छ । हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको निरौलाले बताए ।

आजको बैठकमा स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी), नेपालको परराष्ट्रनीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणलगायत विषयमा छलफल हुने कार्यतालिका थियो ।

कमेन्टहरु