राजनीति

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नवलपुर टुडे
२०७९ जेष्ठ ३० | बिहान ०७:०२ बजे

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

आजको बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन् ।

कमेन्टहरु