राजनीति

मेयरको उम्मेदवार बन्न एसएसपी साहद्वारा राजीनामा

नवलपुर टुडे
२०७८ चैत्र ८ | बिहान ०७:१२ बजे

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन्।

उनले प्रहरी हेडक्वार्टरलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन। उनको राजीनामा फागुन १० मा स्वीकृत भएको हो।

एसएसपीबाट राजीनामा दिएका साह आउँदो वैशाख ३० गतेका लागि तय स्थानीय चुनामा धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।

२०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन्।

कमेन्टहरु