देश

युवा संघ सिरहामा जय प्रकाश शर्मा चयन

जगत ठाडा मगर
२०७८ माघ १३ | मध्यान्ह ०१:१० बजे

सिरहा । नेकपा एमाले निकट भातृ संगठन युवा संघ सिरहाको जिल्ला नेतृत्वमा जय प्रकाश शर्मालाई सर्व सहमत चयन गरिएको छ । सिरहामा आयोजित युवाहरुको एक भेलाले शर्मालाई प्रमुख जिम्मेवारी दिएको नेता रामकुमार शाहले बताउनु भएको छ ।

सिरहा धनगढी १२ सिमलटोकी घर भएका युवा शर्मा विगत लामो समयदेखि नेकपा एमालेको संगठनमा आबद्ध भएर काम गर्दै आएका छन् । पार्टीमा असल नेतृत्व क्षमता भएका दूरदर्शी सहनशील नेताको रूपमा परिचित शर्माले समाजमा आएका कठिनाई र आपत विपतमा परेका गरीब, विपन्नलाई सहयोग गर्दै आएका छन् भने उनले स्थानिय स्तरमा दलितको लागि शौचालय निर्माण गरि दिएर चौतर्फी नाम कमाएका छन् ।

खासगरी उनको नेतृत्व क्षमताको मूल्यांकन गर्दै युवाको गरिमामय पदको जिम्मेवारी दिएको प्रभावशाली नेता शिवशंकर महतोले बताए । उनको नेतृत्वबाट जिल्लामा नेकपा एमालेको राम्रो जनलहर आउनेमा जिल्ला बासी विश्वस्त बनेका छन् ।

कमेन्टहरु