बालाजुमा ग्यास बुलेटले च्याप्दा एक भारतीय नागरिकको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ १३ | बिहान ११:१० बजे

काठमाडौं, माघ १३ । काठमाडौंको बालाजु औधोगिक क्षेत्र रहेको नेपाल ग्याँस उद्योगमा ग्याँस बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको हो ।
बिहीबार बिहान पौने ३ बजेतिर दिलीपले चलाएको भारतीय नम्बर प्लेटको ग्यास बुलेट बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा अचानक भारतीय नम्बरकै अर्को ग्यास बुलेटले च्यापेका थिए । गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा संलग्न अर्का ग्यास बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । मृतक राजवंशी भारत कलकत्ताका हुन् ।






















