काठमाडौको सिनामंगलमा सिद्धार्थ बैंकको एक्सटेन्सन काउन्टर संचालन


काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडाैंको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटबाट बैंकिङ सेवा तथा सुविधा निरन्तर प्रदान गरिरहेको जनाएको छ । सजिलो बैंकिङ सेवा, शाखारहित बैंकिङ, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटिएम कार्डजस्ता सुविधा दिइरहेको बैंकले जनाएको छ ।
हाल चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनहो क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाइएको छ ।






















