खेलकुद

वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा, रोहित र कुलदिप फर्किए

जगत ठाडा मगर
२०७८ माघ १३ | बिहान ०७:१० बजे

काठमाडौ । भारतले वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीई) ले वेष्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-२० सिरिजका लागि रोहित शर्माको कप्तानीमा क्रिकेट टिमको घोषणा गरेको हो ।

चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको सिरिज गुमाएका रोहित टिममा फर्किएका छन् । रोहितसँगै कुलदिप यादव पनि टिममा फर्केका छन् । बलर कुलदिप ६ महिनायता क्रिकेटबाट टाढा थिए ।

भारतीय टोलीमा पहिलो पटक दिपक होडा परेका छन् । रोहित शर्माको कप्तानीमा घोषित टोलीमा भारतीय टोलीमा केएल राहुल, विराट कोहली, ऋषव पन्त, सिरिज ऐर, शिखर धवन, सूर्यकुमार यादव, सार्दुल ठाकुर, महोम्मद सिराजलगायत परेका छन् ।

भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० सिरिज खेल्नेछ । पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ भने पहिलो टी-२० सिरिज फेब्रुअरी १६ देखि हुनेछ ।

कमेन्टहरु