गठबन्धनका बिजयी १८ उम्मेदवारलाई प्रचण्डको बधाई

जगत ठाडा मगर
२०७८ माघ १३ | बिहान ०७:१० बजे

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सबै सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् ।
निर्वाचनमा १९ मध्ये १८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजय प्राप्त गर्नुहुने सम्पुर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’






















