समाज

माइती नेपालद्वारा मानव बेचविखन नियन्त्रण समिति बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०८:१० बजे

कृष्णनगर । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा योजना बैठक परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l

कार्यक्रममा मानव बेचविखनका कारणहरु, मानव बेचविखनबाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरु, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुव्र्यवहारहरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरूले आफ्नो वडामा मानव बेचविखन नियन्त्रणमा गरेका कार्यहरू र वडा स्तरमा बनाएका योजनाहरू बारे बताएका थिए l कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो ।

कार्यक्रम संचालन तथा नगरपालिकाले मानव बेचविखन नियन्त्रण सम्बनधि गरेको कार्यहरू प्रस्तुत समेत कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।

कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्षहरू वडा सचिवहरू, कर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो ।

कमेन्टहरु