राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


मकवानपुर, माघ १२ । बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । संयुक्त उम्मेदवार (महिला)मा नेकपा एकीकृत समाजवादी पार्टीका गोमादेवी तिमल्सिना र (अन्य)मा काँग्रेसका कृष्ण प्रसाद पौडेल विजयी भएका हुन् ।
तिमल्सिना र पौडेलले क्रमश ४ सय ६३ र ४५० मत प्राप्त गरेका छन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मत प्राप्त गरेकी थिइन् ।त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै अन्य सदस्य पदमा गठबन्धन दलकै उम्मेदवार कृष्ण प्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरेका छन् । नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।
स्थानीय तह अन्तर्गत २३७ मतमध्ये महिला तर्फका उम्मेदवार तिमल्सिनाले ले ११६ मत र कुँवरले ११७ मत प्राप्त गरेका छन् । त्यसैगरी गीता काफ्लेले २ मत र २ मत बदर भएको छ । यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २३७ मतमा ११७ मत र शाक्यले ११६ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन् । दुई मत बदर भएको छ ।
प्रदेशसभा अन्तर्गत १०६ मतमा तिमल्सिनाले ले ५७ मत र कुँवरले ४७ मत पाएकी छिन् भने नेमकिपा उम्मेदवार काफ्लले २ मत प्राप्त गरेकी छिन् । प्रदेशसभा अन्तर्गत अन्य सदस्य पदमा पौडेलले ५६ मत र शाक्यले ४७ मत प्राप्त गरेका छन भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन् । निर्वाचनमा ३ सय ४६ मतदाता रहेकोमा ३ जना मतदाता अनुपस्थित थिए ।






















