राजनीति

प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०५:१० बजे

विराटनगर, माघ १२ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।

गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

कमेन्टहरु