राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०४:१० बजे

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश १ मा आज भएको मतदानमा जयन्ती राई विजयी भएकी छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याएर विजयी भएकी हुन् ।
उनका प्रतिद्वन्द्वीहरु एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत र राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।






















