राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ १२ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित गर्दै गठबन्धनका तर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र नेपाली काँग्रेसका नारायण मिश्र विजयी भएका हुन् ।
बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।






















