देश

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा राप्रपाका जनप्रतिनिधि अनुपस्थित

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०४:१० बजे

बुटवल, माघ १२ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा राप्रपाका दुई जनप्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् । कुल मत २९६ मा २९४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राप्रपाबाट निर्वाचित भएका नेपालगञ्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणा र रुपन्देहीको रोहेणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमार निर्वाचनमा अनुपस्थित भएका हुन् । प्रदेश १ मा बाहेक अरू प्रदेशका निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय अनुसार लुम्बिनीमा दुई जनप्रतिनिधि उपस्थित नभएको स्रोतले जनाएको छ ।

दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । मत गणना शुरु भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्टहरु