देश

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ६ जना मतदाता अनुपस्थित

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०३:१० बजे

जनकपुरधाम, माघ १२ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा भएको मतदानमा ६ जना मतदाता अनुपस्थित भएका छन् ।

बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ जनाले मात्रै मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मतदान नगर्नेमा ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन् ।

मधेश प्रदेशमा २ पदका लागि मतदान भएको हो । जसमा महिला र अन्य तर्फ उम्मेदवार रहेका छन् । अब साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए । मत परिणाम बुधबार बेलुकासम्म आइसक्नेछ ।

कमेन्टहरु