राजनितिकाे उनमाद चढेका इसाई अगुवाहरु र रनभुल्लमा समुदाय : दिपेश श्रेष्ठ


काठमाडौं । २०६४ साल यताकाे इसाई राजनितिक ईतिहास हेर्ने हाे भने AP मसिह पार्टी दर्तासम्म आउदा ८ वटा पद्धति निर्वाचन आयाेगमा दर्ता भएका रेकर्ड छ। र याे नयाँ पार्टी दर्ताकाे क्रम भने अझै पुर्णबिराम लागेकाे छैन । यसैकाे अर्काे संकेत हाे राष्ट्रिय ख्रीष्टीयन महासंघका अध्यक्ष गहतराजले नायँ पार्टी खाेल्ने प्रकृया ।
भखरै मात्रै राष्ट्रिय खी्ष्टीयन महासंघका अध्यक्ष सुबी गहतराजले नयाँ पार्टी खोल्ने पत्रकार सम्मेलन मार्फत बाताए । एक दर्जनभन्दा बढी इसाई समुदायबाट पार्टीहरु छन् कति सक्रिय छन् त कति निष्क्रिय रूपमा छन् एकता एकता भन्दाभन्दै ए – कता भनेजस्तै फेरी अर्को नयाँ दल खोल्ने होडबाजी इसाई समुदाय भित्र चलिराखेको छ।
लामो समयदेखि सरकारले अल्पसंख्यक इसाई समुदायको हकहित सुनिश्चित नगरेको उल्टै इसाई समुदायलाई दुःख दिने झुटो आरोप लगाएर मुद्दा चलाउने प्रविधि भएका कारण नयाँ दल दर्ता गरेर सरकारसँग टेबुलटक गर्ने कुरा सिबी गहतराजले बताएछ, लगभग २०६२-६३ को जनआन्दोलनपछि उपलब्ध भएको ईसाइ धर्म समुदायकाको खीष्टमस सार्वजनिक बिदा समेत सरकारले कटौती गर्यो, अरु धर्म समुदायका मानिसहरूको १५-१५ दिनको बिदा हुन्छ तर इसाईहरुको लगायतका अल्पसंख्यक समुदायको वर्षमा एक दिन पनि सार्वजनिक विदा नदिनुले इसाईहरुको नयाँनयाँ दलहरुको दर्ता गर्नुपरेको दुखेसो बताए।
हरेक कुरा नेपालमा राजनीतिक तवरबाट मात्रै सम्भव देखेपछि एक समयमा राजनीति गर्नुहुँदैन भन्ने इसाई समुदायका अग्रज पास्टरहरु विभिन्न संघसंस्थाका अध्यक्षहरु अहिले आफै राजनीतिक दल दर्ता गर्ने होडबाजी चलिराखेको छ।न पुग्दाे जाउलाे, झन उफरमाउलाे भने झैँ, गहतराजले नयाँ पार्टी खाेलिरहदा समुदायका मानिसहरुले भने कनै नयाँ आशा राखेकाे देखिँदैन।
एकनाथ ढकालका, दाेकमणि ढकाल लगायतलाई भाेट दिएर समुदायले कुनै उपलब्धि नभएकाे जग जाहेर हुंदाहुदै र गहतराजले अध्यक्षता गरिरहेकाे महासंघले पनि यतिका बर्षहरुमा समुदायका लागि माखाे नमारेकाे कारण गहतराजद्वारा खाेलिने पार्टीले पनि समुदायकाे इसाईहरुकै भाेटकाे बार्गेनिङ मात्र हुने आँकलन छ। समुदायकाे जमात देखाएर आफू राज्यकाे पहुँच पएपछि समुदायलाई ब्यवस्ता गर्ने परिपाटिनै राजनितिमा भएकाे हुदा गहतराजले खाेलिने नयाँ पार्टीपनि ” जुन जाेगि आएपनि कानै चिरेकाे ” उखान सिद्धहुनेमा दुइमत छैन।
समुदायमा खोलिएका पार्टीहरुकाे एकताकाे प्रयासहरु पनि नभएकाे भने थिएन, केही महिना अघि जनजागरण पार्टी र AP मसिह पार्टी बीच एकिकरणकाे दमाहा बजाइयकै थियाे तर पद, पावर र कर्सिकै भागबण्डा नमिल्दा पार्टी एकिकरण हुन सकेन अन्तत फलस्वरुप दुबै पार्टीका तर्फबाट विभिन्न जिम्मेवारी सम्हालिरहेकाे नेताहरुले रातारात राजिनामा समेत दिएका थिए।
उता “हराभरा सहर, बनाउने हाम्राे रहर” भन्ने सपनासहितकाे सुन्दर नेपाल सरसफाइ अभियायन चलाइरहेकाे अभियायनका संयाेजक समेत रहेका बीरबहादुर तामाङ जनजागरण पार्टीमा केन्द्रीय काेषाध्यक्षकाे जिम्मेवारीबाट रातारात राजिनामा दिएर सरसफाइ अभियायनमा लाग्ने बताउदै आएका थिए, तर त्याे सत्य सावित हुन सकेन,, भित्रिरुपमा रहेर नया पार्टी खाेल्न विभिन्न जिल्ला र प्रदेशहरुमा संगठनबिस्तारमा रहेकाे उनी पनि उक्त गहतराजले खाेल्ने पार्टीमा सहभागी हुने मनसाय राखेकाे देखिन्छ भने AP मसिह पार्टीबाट आएकाहरु पनि गहतराजकाे पछि लागेकाे देखिन्छ।
जसले जे गराेस या जसले जुन पार्टी खाेलाेस तर, सच्चा ईसाइहरु भने कदापि कसैकाे पछि लाग्ने छैन, तर यसाे भनिरहँदा हरेक चर्चभित्र राजनिति घुसाउन भने यी अगुवा नेताहरु माहिर छन्। बिगतकाे निर्वाचनहरुमा समुदायकै भाेटलाई मुख्य भाेट बैक बनाएर चुनिएका नेताहरुकाे ब्यबहारले समुदायलाई सिकाएकाे पाठले गर्दा आगामि चुनावमा समुदायका पार्टी र तिनका नेतालाई भाेट दिदा उपलब्धि भने नपाईने पक्का हुन जरुरी छ।






















