जनकपुरमा लाठीसहित जनमत पार्टीका कार्यकर्ताको प्रदर्शन

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान ११:१० बजे

जनकपुरधाम, १२ माघ । जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरु आज विहानै देखि सडकमा प्रर्दशन गरिरहेका छन् ।
राष्ट्रिय सभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा दुबै पक्ष बीच झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरु भाटासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले जनकपुरधामका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरि रहेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीले किसानलाई मल दिनुपर्ने बताइरहेका छन् । उनीहरूले पहिले मल देऊ अनि मात्र भोट भनेर पलेका बोकेर प्रदर्शन गरि रहेका छन् ।






















